राजनीति

राज्यमन्त्री डिम्पल झाको राजीनामा अस्वीकृत, आजबाट पुनः काममा फर्कीन्

राज्यमन्त्री डिम्पल झाको राजीनामा अस्वीकृत, आजबाट पुनः काममा फर्कीन्

काठमाडौं – प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाकाे  राजीनामा अस्वीकृत भएपछि उनी पुनः काममा फर्केकी छन्। सोमबारबाट उनी पुनः काममा फर्केकी हुन् । गत माघ १४ गते पार्टीमा बुझाएको राजीनामा अस्वीकृत भएपछि उनी पुनः काममा फर्केकी प्रदेश २ काे सचिवालयले जनाएकाे छ ।

राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी थिइन् । प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएपनि पार्टीको आग्रहमा काममा फर्केको उनले बताइन् ।

प्रदेश सभामा समानुपातिकबाट चयन भएकी झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् ।
प्रदेश दुईमा समाजवादी पार्टी र राजपाको संयुक्त सरकार छ । समाजवादी पार्टीसँग असन्तुष्ट नेकपाले पछिल्लो समय राजपासँग तालमेल गरेर सरकार फेर्ने प्रयास गरिरहेको छ ।