समाचार

अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्द अदालतले रिहा गरे लगत्तै पक्राउ

अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्द अदालतले रिहा गरे लगत्तै पक्राउ

कैलालीः नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्द अदालतको रिहा लगत्तै फेरि पक्राउ परेकी छन् ।

बुधबार जिल्ला अदालत कैलालीले चन्दलाई रिहाइको आदेश जारी गरेको थियो । करिब १० महिनादेखि धनगढी कारागार कारागारमा रहेकी चन्दलाई अदालतले रिहाईको आदेश दिए लगत्तै प्रहरीले फेरी अदालत परिसरबाटै पक्राउ गरेको छ ।

कारागारबाट रिहाइ हुने वित्तिकै परिवारको सम्पर्कमा जान नदिएर अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेर पक्राउ गरेको भन्दै परिवारका सदस्यले मानवअधिकारकर्मीलाई खोज अनुसन्धान गरिदिन आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ बन्धु चन्द

विशेष