समाचार

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच कुटाकुट

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच कुटाकुट

चितवनः चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीबीच झडप भएको छ ।

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको हो । आज पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले पूर्वएमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रडले हानेर घाइते बनाएका छन् ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेज होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ ।
 

चितवन नेकपा झडप कुटाकुट