समाचार राजनीति

प्रधानमन्त्री ओली भन्छन्, ‘सरकारका काम देखेर बिपक्षीको निन्द्रा हरायो’

प्रधानमन्त्री ओली भन्छन्, ‘सरकारका काम देखेर बिपक्षीको निन्द्रा हरायो’

झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही व्यक्ति भोकै बस्नु नपर्ने बताएका छन् । गृह जिल्ला झापाको दमकमा आयोजित दमक–चिसापानी–रवि कालोपत्रे सडक शिलान्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु नपर्ने बताएका हुन् । 

गरिवी निवारणका लागि जनता आवास कार्यक्रम अन्तरर्गत देशभर आठ हजार घर बनाइएको, युवा बिद्यार्थीहरुका लागि प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरिएको उनले बताए । 

अर्को प्रसङमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका काम देखेर बिपक्षीको निन्द्रा हराएको बताए । आफू प्रधान्मन्त्री भएपछि देशभर तीन हजार किलोमिटर बाटो कालोपत्रे भएको साथै दुई सय ३५ वटा पुल बनेको भन्दै देशमा बिकासको गति बढेको बताए । 

यसैबीच प्रधानमन्त्री ओलीले आइतबार नै बहुप्रतिक्षित दमक–चिसापानी–रबि कालोपत्रे सडकको शिलान्यास गरेका थिए । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । 

कार्यक्रममा भौतिक पूर्वधार मन्त्री बसन्तकुमार नेम्बाङ्गले सो सडकको तीन खण्डमा काम भइरहेकोे बताए । 

आइतबार नै ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गरेका थिए । 
 

केपी शर्मा ओली निन्द्रा हरायो

विशेष

ADVERTISEMENT