समाचार

स्वयम्भुमा ट्यांकर र मोटरसाइकल ठोक्कियो: एकको मृत्यु, एक घाइते

स्वयम्भुमा ट्यांकर र मोटरसाइकल ठोक्कियो: एकको मृत्यु, एक घाइते

काठमाडौँ। काठमाण्डौको स्वयम्भू, भगवानपाउमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

बा ३ ख ५१३४ नम्बरको ट्याङकर,प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाण्डाैको चन्द्रागिरी नगरपालिका-३ का साइरस गिरीको मृत्यु हो । दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

 

सडक दुर्घटना