समाचार

अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

सप्तरी। भारतबाट नेपालतर्फ भित्राउँदै गरेको ठुलो परिणामको लागु औषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ।  

सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो। उनको साथबाट प्रहरीले २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई बरामद गरेको छ।  

भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताए । 

लागुऔषध पक्राउ