समाचार

दाङमा जिप दुर्घटना, ६ जना घाइते

दाङमा जिप दुर्घटना, ६ जना घाइते

तुलसीपुरः गएराति दाङको दंगीशरण गाउँपालिका–१ फुर्केसल्ली स्थित साउनेमा जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण–१ निबासी ४३ बर्षका पलाल बुढामगर, उनकी आमा ७३ की जयकली बुढामगर, १२ बर्षका भुवन घर्ती, १४ बर्षका प्रीदप परियार, ४० बर्षका मनकुमारी बढामगर र २७का प्रकाश बस्नेत घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते मध्य गम्भीर घाइते रुपलाल र जयकलीलाई भने राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए ।

अन्य त्यसैगरी भुवन र प्रदीपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने प्रकाश र मनकुमारी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । आइतबार साँझ दंगीशरणबाट तुलसीपुरका लागि छुटेको रा१ज,७५५ नम्बरको जिप अनियन्त्रीत भइ पल्टिँदा सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक फरार रहेका रहेकाले उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

दाङ जीप दुर्घटना

विशेष