समाचार स्वास्थ्य

चार दिनभित्र तोकिएको अस्पतालमा हाजिर चिकित्सकलाई निर्देशन

चार दिनभित्र तोकिएको अस्पतालमा हाजिर चिकित्सकलाई निर्देशन

सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकहरुलाई ४ दिनको समय तोकेर सम्वन्धि अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकका लागि सरकारले यस्तो निर्देशन जारी गरेको हो ।

सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो । 

तोकिएको समयभित्र सम्वन्धित अस्पतालमा हाजिर नहुने चिकित्सकवाट सरकारद्वारा भएको लगानी असुलउपर गर्नेसमेत मन्त्रालयले जनाएको छ ।

सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान मन्त्रालयले निर्देशन जारी गरेको हो ।