समाचार विदेश Breaking News मुख्य समाचार ताजा खबर राजनीति

अमेरिकामा चिनियाँ कुटनितिज्ञलाई अफ्ठयारो

अमेरिकामा चिनियाँ कुटनितिज्ञलाई अफ्ठयारो

काठमाण्डौं : अमेरिकाले चिनियाँ कुटनीतिज्ञमाथि निगरानी र प्रतिबन्ध बढाएको छ।  संयुक्त राज्य अमेरिकाले ती चिनियाँ कुटनीतिज्ञहरूलाई भिसा दिन अस्वीकार गरेको छ जो  मानवअधिकार उल्लन्धनका घट्नामा संलग्न छ्न ।  यो चीनको बिरूद्ध अमेरिकाको नयाँ कदम हो।  

परराष्ट्रमन्त्री माइक पोम्पीओले सो प्रतिबन्ध मानवअधिकार उल्लन्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरुमाथी पनि लागु हुने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बद्ध संयुक्त मोर्चा कार्य विभागमाथि धम्की र शारीरिक हिंसाको आरोप लाग्ने गरेको छ ।  यस संस्थाले चीन प्रशासित उइगुर क्षेत्र र तिब्बतमा चिनियाँ उत्पीडनको कथाहरूको पर्दाफास गर्ने मानिसहरूलाई शारीरिक हिंसाको सिकार बनाउने गरेको अमेरिकाको आरोप छ । चीनले  चीनबाट बाहिर रहेका आफ्ना नागरिकहरू र मानवअधिकारकर्मीहरूलाई बढी निशाना बनाउँछ।  त्यस्ता व्यक्तिहरूलाई चिढाउन चिनियाँ प्रशासनले उनीहरूको निजी जानकारी, परिवारका सदस्यहरूको निजी सूचना सार्वजनिक गर्दछ जसले गर्दा उनीहरूको असुरक्षा बढ्ने गरेको छ ।

माइक पोम्पीओले यस्ता काम गरिरहेका र अन्तर्राष्ट्रिय कानूनको अवहेलना गरिरहेका व्यक्तिहरुलाई अमेरिकामा स्वागत नगरिने बताए । 

चीन र अमेरिकी नेतृत्वबीच बढ्दो तनावको बीचमा अमेरिकाले यो नयाँ प्रतिबन्धले चीनलाई थप अफ्यारोमा पार्ने देखिन्छ ।