समाचार अपराध सुरक्षा

विप्लवका कार्यकार्ताद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या

विप्लवका कार्यकार्ताद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या

मोरङमा एक जना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। उनले नेत्रविक्रम चन्द विप्लव समूहले गोली हानी हत्या गरेको खड्काले जानकारी दिए ।

विहान करिव सवा ६ वजे ४/५ जनाको समुहमा आएका विप्लवका कार्यकार्ताले श्रेष्ठलाई घरबाटै अपहरण गरी बर्खे जंगलमा लगेर हत्या गरेको खड्काको भनाई छ । उनले भने,–‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ।’ 

श्रेष्ठको टाउकोमा गोली लागेको र विस्तृत जानकारी आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको खड्काले बताए।