समाचार

ओलीसहित नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

ओलीसहित नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


पार्टीभित्र बढ्दो तनावकाबीच बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। बुधबारको बैठकमा पनि ओली अनुपस्थित भएपछि आजको वैठकमा उपस्थित गराउने कसरत स्वरुप दुई अध्यक्षविच वान टु वान वार्ता भएको हो ।

ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए । उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् । तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ ।

नेकपाले आईतवारका लागि स्थायी कमिटीको बैठक पनि बोलाएको छ ।