समाचार समाज देश राजनीति

पृथ्वीनारायणको तस्बिर वोकेर राजसंस्थाको पक्षमा प्रदर्शन

पृथ्वीनारायणको तस्बिर वोकेर राजसंस्थाको पक्षमा प्रदर्शन

राजसंस्था पुनर्स्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा शनिबार प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ठूलो तस्बिर बोकेका थिए भने विभिन्न झाँकी समूह पनि सहभागी भएका थिए ।

नागरिकतन्त्रसहितको राजसंस्था, धर्म सापेक्षा राज्य मागसहितको प्रदर्शनको आयोजना राष्ट्रिय नागरिक आन्दोलनले गरेको थियो ।

प्रदर्शनकारीहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरे। संघीयताको विकल्प खोजिनु पर्ने र अबको विकल्प नागरिक सरकार हुनु पर्ने प्लेकार्ड वोकेका अधिकांशले राष्ट्रिय झण्डा बोकेका छन् ।