समाचार

हुम्लाको सिमकोटमा वोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु

हुम्लाको सिमकोटमा वोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु

हुम्लाको सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुक्रबार राती वोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक बच्चा सहित ७ जना घाइते भएका छन् । 

सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ्ग  र उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह,  सिमकोट ८ खाल्सीका  एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी  सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए । 

बलेरो जिप  सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको थियो ।