समाचार राजनीति

ओली–दाहाल छलफलमा, फुट्लान की जुट्लान ?

ओली–दाहाल छलफलमा, फुट्लान की जुट्लान ?

आज दिउँसो १ वजेको सचिवालय वैठक वस्नु अघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड छलफलमा वसेका छन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको श्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक विवादमा छलफल गर्न दुई अध्यक्ष वान–टु–वान वार्तामा वसेको एक नेताले वताए । 

दाहाल र ओलीले सचिवालय वैठकमा फरक–फरक राजनीतिक प्रस्ताव पेश गरेपछि उनीहरुविच आरोप प्रत्यारोप जारी छ । विवाद वढ्दै जाँदा उनीहरुविच वोलचाल समेत वन्द भएको छ । कात्तिक २५ पछि उनीहरु विच वान–टु–वान छलफल भएको थिएन। 

लामो अन्तरालपछि दुवै अध्यक्ष अनौपचारिक छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार  सूर्य थापाले जानकारी दिए ।