समाचार

कम्युनिष्ट प्रति रामचन्द्र पौडेलेको ब्यंग्य : पाडो खानेले बाच्छो राख्दैन

कम्युनिष्ट प्रति रामचन्द्र पौडेलेको ब्यंग्य : पाडो खानेले बाच्छो राख्दैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको वताएका छन् ।

बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले यस्तो वताएका हुन् ।

स्थानीय प्रशासनले कुनै कारण र औचित्य विना पुल उद्घाटन कार्यक्रमलाई बिथोल्न निषेधाज्ञा जारी गरेको र आफुलाई लछार पछार गरेको विषयमा आक्रोश पोखेका पौडलले भने –‘यो लोकतन्त्रमाथिको नांगो नाच हो ।’

सरकारको यो रवैयाले मौलिक प्रश्न उठाएको उनले वताए । ‘पाडो खानेले बाच्छो राख्दैन’ उनले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन ।’

उनले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने पनि बताए।