समाचार

झापामा उपमेयरलाई गाडिभित्रै जलाउन खोज्ने विद्यार्थी नै हुन् ?

झापामा उपमेयरलाई गाडिभित्रै जलाउन खोज्ने विद्यार्थी नै हुन् ?

झापाको मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी बिहीबार दिउँसो अज्ञात समूहले जलाउने प्रयास गरेको छ ।

मोटरसाइकलमा आएका दुई जना युवाले गाडी जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। गाडीभित्र उपमेयर मीना र उनका चालक सवार थिए।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा धाइजन नजिकै युवाहरुले गाडि रोकेर चक्कामा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवाद्धयले आफूहरू नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएका थिए। 

यता, घटनाको विषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान थालिसकेको डिएसपी थापाको भनाई छ। 

झापामा सरकारी गाडीमाथि आक्रमण हुने पूर्व जानकारी आएलगत्तै त्यस विषयमा सबै मातहातका सरकारी कार्यालयलाई जानकारी गराइका कारण क्षती हुन नपाएको उनको भनाई छ ।