समाचार अर्थ देश राजनीति

प्रचण्ड–माधवको पत्राचारपछि नेकपाको बैंक खाता रोक्का हुने (पत्रसहित)

प्रचण्ड–माधवको पत्राचारपछि नेकपाको बैंक खाता रोक्का हुने (पत्रसहित)

प्रचण्ड–माधव नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । 

विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म सबै बैंक खाता रोक्का हुने भएको हो ।

राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए अनुसार निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने भएको हो । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई इमेल मार्फत पत्राचार गरेका थिए ।


विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेका कारण अबदेखि उक्त खाता रोक्का हुने ति अधिकारीले बताए ।