राजनीति समाचार

किसन श्रेष्ठ सांसद भएपनि उनको हैसियत विचौलिया कै होः नेता पौडेल

किसन श्रेष्ठ सांसद भएपनि उनको हैसियत विचौलिया कै होः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ  (किसन) ‘सांसद कम विचौलिया ज्यादा’ भएको वताएका छन् । उनी सांसद भएपनि उनको हैसियत विचौलिया र ठेकेदारकै भएको उनको आरोप छ ।

बुल्दी खोलामा पुल उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले श्रेष्ठको पृष्ठभूमि विचौलिया भएको चर्चा गर्दै उनले अकुत सम्पत्ति थुपारेको आरोप पनि लगाए । ‘उनको सम्पत्तिको स्रोत के हो ?’ भन्दै उनले प्रश्न उठाए।

‘एउटा विचौलिया र ठेकेदार विभिन्न कारणले सांसद भयो, तर, सांसद भए पनि त्यो विचौलिया नै हो’ उनले भने–‘सांसद हुँदैमा उसको हैसियत थपिँदैन।’

‘सम्पत्ति शुद्दिकरण विभाग ओलीको पञ्जामा हुँदैनथ्यो भने त्यसको पहिलो शिकार पनि किशान श्रेष्ठ हुन्थे’ उनले भने–‘त्यतिका पैसा कसरी कमाए, राज्यलाई कति कर तिरेका छन् ?’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनका अवरोध गर्ने योजना पनि श्रेष्ठ नभई प्रधानमन्त्री केपी ओलीकै भएको उनको जिकिर छ ।