समाचार स्वास्थ्य

नेपालमा कोरोना खोप परिक्षणका लागि स्पोन्सरको खोजी

नेपालमा कोरोना खोप परिक्षणका लागि स्पोन्सरको खोजी

नेपालमा कोरोना खोपको परिक्षण गर्ने तयारी भईरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

कुन देशमा बनिरहेको खोप परीक्षण गर्ने र भ्याक्सिन कहिले आउँछ भन्ने विषय भने हालसम्म टुङ्गो लागेको छैन । परिक्षणका लागि अमेरिकाका दुईवटा औषधि निर्माण कम्पनी, भारत, चीन, रुस, ब्राजिललगायत देशमा भ्याक्सिन निर्माणको काम भइरहेको छ ।

तर, अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर बनाएको भ्याक्सिन, अमेरिकी कम्पनी मोडेर्ना र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर बनाएको भ्याक्सिनको प्रभावकारिता बढी देखिएको परिषदका अधिकारीहरु वताउँछन् ।

परिषद्ले खोपको परीक्षण गराउन स्पोन्सर खोजिरहेको छ । स्पोन्सर फेला परेपछि सरकारी अनुमति लिनु पर्ने ब्यवस्था छ । ‘ट्रायल गर्न खोप कम्पनीले स्पोन्सर गर्नुपर्छ । अनि सरकारबाट स्वीकृति लिनुपर्छ’, ती सदस्यले भने, ‘स्पोन्सर कुनै संघ संस्थाले पनि गर्न सक्छन्, त्यसपछि कोरोनाको खोप ट्रायल गर्ने प्रस्ताव क्याबिनेटमा लैजान्छौँ ।’