समाचार राजनीति

ओली विना किन वस्न सक्दैन नेकपा सचिवालय वैठक ?

ओली विना किन वस्न सक्दैन नेकपा सचिवालय वैठक ?

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेश गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता झलनाथ खनालले बताए । अब तय भएको बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि समय उपलब्ध गराउने गरी बैठक केही दिन पछाडि सारिएको उनको भनाई छ ।

सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित नभएका कारण पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षसहित स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए ।

सचिवालयको बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ ।