समाचार राजनीति

कोरोनाको वहानामा ‘राजावादी’ ठेगान लगाईने !

कोरोनाको वहानामा ‘राजावादी’ ठेगान लगाईने !

राजसंस्था पुनःस्थापना र हिन्दु राज्यको मागसहित मुलुकका प्रमुख सहरहरुमा प्रदर्शन हुन थालेपछि त्यसवाट सरकार छटपटाएको महसुस हुन थालेको छ । गृहमन्त्रालयले त्यस्ता कुनै पनि गतिविधि गर्न नदिन ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गर्नुले सरकारको छटपटाहट सतहमा आएको हो ।

गृहले पूर्वराजाका समर्थकको प्रदर्शन, विरोध ¥याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन सवै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्देशन अटेर गरिए बल प्रयोग हुने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको जनाईएको छ । कोरोना महामारीका बेला जोखिम न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व रहेकाले राजनीतिक माग, विरोध, प्रदर्शन, ¥यालीलगायतका गतिविधि हुन थालेकाले यस्तो निर्देशन दिनुपरेको मन्त्रालयएका एक अधिकारीले जानकारी दिए ।

सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन प्रशासनमा परिपत्र भइसकेको पनि उनले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै मन्त्रिपरिषद्ले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा उल्लेखित जनस्वास्थ्यमा प्रतिकूल हुने गतिविधि नियन्त्रणका लागि निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको र उनीहरूका आदेश र निर्देशन पालना गर्ने दायित्व सबैको भएको बताए ।

केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको थियो । बैठकमा राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेको भन्दै छलफल गरिएको थियो । देशका विभिन्न स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस र कतै कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसको समूहबाट प्रदर्शन हुँदै आएको छ । राजसंस्थाको पक्षमा निकालिएका प्रदर्शनमा हिन्दु धर्मसम्बन्धी संघसंस्था र कतै नामै नसुनिएका संगठनको ब्यानर देख्ने गरिएको छ ।

त्यसैले सरकारले कोरोनाको वहाना वनाएर हाल भईरहेका प्रदर्शन रोक्ने योजना वनाएको विश्लेषकहरु वताउँछन् । कोरोनाकै विचमा केहिदिनअघि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपीओलीले संखुवासभामा गरेको कार्यक्रम र जनता समाजवादी पार्टीले पर्षा तथा सिरहाका विभिन्न स्थानमा गरेको कार्यक्रमको उदाहारण दिदै उनीहरु भन्छन्–‘राजवादी र हिन्दु समर्थकहरुको कार्यक्रममा मात्रै कोरोनाको जोखिम वढ्ने हो र ?’

गत कार्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नै संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका क्रममा सयौंको भिड जम्मा गरेर कार्यक्रम गरेका थिए ।

यसैगरी, गत साउन १६ गते जनता समाजवादी पार्टी (जसपा) ले सिरहामा हजारौंको भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । 

सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।

पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।

पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा वसेका नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । कार्यक्रममा पुर्वप्रधानमन्त्री समेत भईसकेका नेता डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादवलगतयका नेताहरुको सहभागिता थियो।