समाचार राजनीति प्रदेश १

संसद विघटन हुनुमा प्रचण्ड र माधव नेपाल पनि दोषी : नेता कोईराला

संसद विघटन हुनुमा प्रचण्ड र माधव नेपाल पनि दोषी : नेता कोईराला

नेपाली कांग्रेसका नेताहरूले संसद विघटन हुनुमा प्रधानमन्त्री ओली मात्रै नभई पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि दोषी भएको बताएका छन् ।

संसद विघटन विरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको देशब्यापी विरोध प्रदर्शनमा सहभागि हुन विराटनगर पुगेका कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले यस्तो वताएका हुन । प्रधानमन्त्रीको असंवैधानिक कदममा प्रचण्ड र माधव नेपालको पनि हात रहेको उनीहरुले वताए । ‘केपी ओलीलाई अधिनायकवादी बनाउनुमा दाहाल–नेपाल दुवैको भूमिका महत्वपूर्ण थियो,’ उनले भने, ‘संसद्मा ल्याएको विधेयकमा दाहाल–नेपालले सघाएकै कारण मुलुक अधिनायकवादतर्फ लागेको हो ।’
 
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक ‘कू’ नसचिउञ्जेल कांग्रेस सडक संघर्ष गरिरहने बताएका छन् ।

‘सर्वोच्चले निर्वाचनमा जाने निर्णय गरेपछि पनि निर्वाचनको सूनिश्चितताका लागि सडक संघर्ष गरिरहनुपर्छ,’ उनले भने, ‘अधिनायकवादी ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसलाले पनि निर्वाचनमा जाल जस्तो लाग्दैन त्यसैले संघर्ष जारी राख्नु पर्छ ।’

राष्ट्रियता मजबुत, लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको कोइरालाको भनाइ थियो । उनले भने, ‘अहिलेको सरकारमा गएर कांग्रेसाई केपी ओलीको मतियार बन्नु हुँदैन र त्यसका लागि खबरदारी गरिरहन्छौं र कांग्रेसलाई यो सरकारमा जान दिदैनौं ।’ 

ओली नेतृत्वको सरकारले गरेको यतिधेरै भ्रष्टाचारमा दाहाल–नेपालले कहिल्यै विरोध नगरेर मतियार बनेको कोइरालाको आरोप थियो । ‘त्यसैले कांग्रेस कसैसँग सहकार्य गरेर नभई आफ्नै आत्मबलले मुलुकलाई निकास दिन सक्षम छ र दिन्छ,’ उनले भने, ‘बीपी कोइरालाले कम्युनिष्टसँग कहिल्यै सहकार्य नगर्नु भनेको कांग्रेसले सम्झिनु पर्ने बेला हो ।’