समाचार Breaking News मुख्य समाचार देश राजनीति

ओलीको कदम बाह्य कम्युनिस्ट शक्तिबाट प्रभावित : जनता पार्टी 

ओलीको कदम बाह्य कम्युनिस्ट शक्तिबाट प्रभावित : जनता पार्टी 

 

काठमाण्डौ : जनता पार्टी नेपालले ओली सरकारले सम्बिधानमाथि निर्मम प्रहार गरी देशमा अफ्यारो स्थिति सृजना गरेको ठहर गरेको छ।

महासचिव खेम आचार्यले एक प्रेस बिज्ञप्ति जारी गरि नेपालीहरुको मूल समस्या र विशेषतः कोभिड-१९ का कारण उत्पन्न स्वास्थ्य र आर्थिक मुद्धाबाट ध्यान विचलित गरी सत्तालाई निहित स्वार्थमा उपयोग गरिएको आरोप लगाउदै जनता पार्टी नेपालले ओली सरकारको संसद विघटन गर्ने कार्यलाई असंवैधानिक, अलोकतान्त्रीक र बाह्रय कम्युनिस्ट शक्तिको  ईशाराबाट प्रभावित भएको ठहर गरेको छ । आचार्यले प्रजातन्त्र प्रेमी सबै व्यक्ति, समुह र संस्थालाई
लोकतन्त्रको रक्षा र अधिनायकवादी शक्तीलाई परास्त गर्न एकजुट भई हातेमाले गरी नयां विकसित हुने परिस्थितीको सामाना गर्न तयार रहन आव्हान समेत गरेको छ ।