समाचार राजनीति

नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूतको निर्लज्ज र गैरकूटनीतिक हस्तक्षेप जारी

नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूतको निर्लज्ज र गैरकूटनीतिक हस्तक्षेप जारी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आन्तरिक मामिलमा चिनियाँ हस्तक्षेप जारी राखेकी छन् । यही क्रममा मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्‍न चिनियाँ राजदूत होउ यान्छी शीतल निवास पुगेकी हुन् । 

उनले नेपालको संसद्‌ विघटनमा राष्ट्रपति भण्डारीले चालेको कदममा आपत्ति जनाएकी छन् । 

विश्वसनीय स्रोतका अनुसार चिनियाँ कूटनीतिक एजेन्टहरुलाई काठमाडौंस्थित चिनियाँ  दूतावासमार्फत नेपाली व्यवसायीहरुले उपलब्ध गराएका सवारीसाधनमार्फत उच्च पदस्थ व्यक्तिहरुसँगको भेटघाटलाई पनि तिव्रता दिएका छन् ।

चिनियाँ राजदूत यान्छीले दुबै पक्षकलाई साथमा लिन राष्ट्रपति भण्डारीलाई आग्रह गरेको बुझिएको छ । 

नेपालको आन्तरिक मामिलमा चिनियाँतर्फबाट भएको यो अर्को निर्लज्‍ज र गैरकूटनीतिक हस्तक्षेप हो । नेपालको संसद्‌ विघटन भइसक्दा पनि चिनियाँ पक्षले भने आफ्‍नो हस्तक्षेपलाई अझै जारी राखेको छ ।

विशेष