For your reference here is the Certify Code for your site (except for AMP pages, which require the code from step 2): If your site uses Accelerated Mobile Pages (AMP), add the AMP Certify Code to those pages. Learn More Hide the AMP code Make sure the following script tag appears only once in the section of your site’s AMP pages. Add this code to the section of your site’s AMP pages.
समाचार राजनीति

प्रधानमन्त्री हुनुअघि ओली भन्थे– संघीयता हाम्रो माग थिएन र होईन

प्रधानमन्त्री हुनुअघि ओली भन्थे– संघीयता हाम्रो माग थिएन र होईन

ओलीलाई गणतन्त्र र संघीयता सुरु देखि नै स्विकार नभएको र संसद् विघटनको कदले उनको त्यो मानसिकता छर्लङ पारेको आलोचकहरु वताउँछन् । कुर्सी र व्यक्तिगत स्वार्थका लागि ओलीले मुलुकलाई बर्बादीतिर धकेलेको भन्दै उनको कदम अलोकतान्त्रिक र प्रतिगामी रहेको विश्लेषकहरु वताउँछन्।

एकपछि अर्को आरोप लाग्न थालेपछि ओलीको नियतप्रति पनि सर्वसाधारणले आशंका गर्न थालेका छन्। तर, संविधान जारी हुनु पुर्व ओली आफैले पनि ‘संघीयता हाम्रो माग होईन’ भन्ने गरेका थिए । तत्कालिन नेकपा एमालेको अध्यक्ष रहेका ओलीले संघीयता आफ्नो एजेण्डा नभएको र भविष्यमा परिमार्जन गरिने बताएका थिए ।

एउटा टेलीभिजन कार्यक्रममा ‘संघीयता नै नभएपनि हुने देखिन्छ नी ?’ भन्दै प्रस्तोता नारायण पौडेलले गरेका प्रश्नमा ओलीले भनेका छन्–‘यसको मुल्यांकन पछि होला। अहिले अनेक हिसावले हामी संघीयतामा जाने परिस्थितीमा छौं र जानै पर्छ ।’

‘तपाईले म कुनै छलछाम नगरीकन, जिवनको लालसा नगरीकन कुरा गर्छु भन्नु भएको छ। आज तपाईलाई भित्री मनमा चै संघीयता नै झन्झटिलो भयो, त्यो नराखेको भए हुन्थ्यो । भन्ने लागेको छ की छैन ?’ भन्ने प्रश्नमा ओलीले भनेको छन्–‘त्यस सम्वन्धमा इतिहाँसलाई मुल्यांकन गर्न दिनुपर्छ । कतिवटा कुराले परिस्थितीलाई विगार्न सक्छ, कतिवडाले सपार्न सक्छ। म अहिले यति भन्छु, हामी सवैले संघीयतालाई स्विकारेका छौं ।’

प्रस्तोता पौडेलले ‘यो त राजनितिक रुपमा भयो, तपाईको व्रम्हले स्विकारेको छ की छैन ?’ भन्दै घुमाएर प्रस्न गर्न थालेपछि भने ओलीले सिधा जवाफ दिएका छन् । ‘संघीयता नेपालको माग थिएन, नेपालको आन्दोनलको माग थिएन। २००७ सलामा थिएन, ०४६ सालमा थिएन, ०६२/६३ मा पनि थिएन’ उनले भनेका छन्–‘हामीले लोकतान्त्रीक गणतन्त्र चाहेका थियौं, पछि संघीयताको प्रश्न आयोे हामीले त्यसलाई स्विकार्यौ । साँचो हो– संघीयता हाम्रो माग थिएन र होईन।’

तर, सवैले स्विकारी सकेपछि फेरी त्यसमा अन्यथा भन्नु उचित नहुने उनले वताएका छन् । ‘हामीले स्विकारेका छौं। र यसको मुल्यांकन इतिहाँसले गर्छ’ उनले थपेका छन्–‘यसलाई सच्याउने तथा कसरी ब्यवस्थित र परिमार्जित गर्ने भन्ने काम पनि भविष्यले नै गर्छ ।’ उनको आसयले संघीयता ठिक छैन र यसलाई सच्याउनै पर्छ भन्ने मानसिक्तामा ओली त्यतिवेला देखिनै रहेको स्पष्ट हुन्छ ।

‘हामी भविष्यसम्मका लागि सवै किल्लाहरु वनाएर राख्न सक्दैनौ । यत्ति हो, देशलाई नोक्सान पर्ने, देश टुक्रिने, देशमा भौगोलिक अखण्डतालाई असर पार्ने र विभिन्न प्रकारका वितण्डाहरु खडा हुने, अराजकतातर्फ देश जाने, नेपालीहरुको राष्ट्रिय एकतालाई खलल पार्ने र लोकतान्त्रीक प्रणालीलाई अस्विकार गर्ने जस्ता कुराहरु चै हामी हुन दिदैनौ’– ओलीले भनेका छन् ।