समाचार

२४ घण्टाभित्र श्रीमान श्रीमतीकै मृत्यु

२४ घण्टाभित्र श्रीमान श्रीमतीकै मृत्यु

इलामको फाकफोकथुम गाउँपालिका–४ मा २४ घण्टाभित्रै श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर विराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत श्रीमान डबलसिंह मगरको पछिल्लो अवस्था जानकारी पाएपछि उनी श्रीमती अम्विकाको मृत्यु भएको थियो ।

श्रीमानको स्वास्थ्य अवस्था वुझेपछि असहज महसुस गरी उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा १५ गते अम्विकाको मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमित मगरको पनि गए राति मृत्यु भएको हो ।

उनी महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत मगरलाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरेपछि मङ्सिर १३ गते उनलाई भ्यान्टिलेटरबाट निकालिएको थियो । मंसिर १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि त्यसको वारेमा अस्पतालले अम्विकालाई जानकारी गराएको थियो ।

सोहि कारण अम्विकालाई हर्टअट्याक भएको हुन सक्ने जनाईएको छ ।