ब्रत बसेर क्यान्सर, प्रेसर र सुगर जस्ता रोग निको पार्न सकिन्छः डा. वस्नेत [भिडियो अन्तरवार्ता]
![ब्रत बसेर क्यान्सर, प्रेसर र सुगर जस्ता रोग निको पार्न सकिन्छः डा. वस्नेत [भिडियो अन्तरवार्ता]](https://nepalaaja-files-storage.sfo2.digitaloceanspaces.com/uploads/username-4_4/2020/12/dr-janak-bahadur-basnet-01.jpg)
धार्मीक परम्परा अनुसार व्रत वस्नु भगवान खुसी पार्ने एउटा माद्यम हो। खाली पेट भगवानको आरधना गरे इच्छित ‘वर’ पाईन्छ भन्ने मान्यता छ । यहि मान्यताका कारण समाजमा प्रायः महिलाहरु पति तथा परिवारको स्वास्थ्य र समृद्धिको कामना गर्दै व्रत वस्ने चलन छ ।
तर, प्राकृतिक चिकित्सकहरु भने व्रत वस्नु धार्मीक मात्र नभएर शारीरिक र मानसिक रुपमा पनि एकदमै लाभकारी भएको वताउँछन् । वेलनेस अस्पतालका संस्थापक डा. जनकवहादुर वस्नेतका अनुसार अचेल नखाएर भन्दा धेरै खाएर मर्ने मान्छेको संख्या धेरै छ । त्यसैले बेला–बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक हुने उनी वताउँछन् ।
‘व्रत वस्नु भनेको नखाएर उपचार गर्ने एउटा विधि हो, यो भन्दा अर्को प्रभावकारी विधि अर्को छैन’ वस्नेत भन्छन्–‘तर, जथाभावी व्रत वस्नुभन्दा पनि प्राकृतिक चिकित्सकसँग समन्वय गरेर आफनो स्वास्थ्य अनुसार गर्नु चै उपयोगी हुन्छ ।’
ब्रतले शरीरको पाचन प्रक्रियालाई आराम मिल्ने र खानालाई इनर्जीमा परिणत गर्ने क्षमतामा वृद्धि गर्ने वस्नेत वताउँछन् । ‘शरिरले वढि भएको इनर्जीलाई स्टोर गरेर राखेको हुन्छ। हामीले पेटलाई खाली हुनै नदिएपछि स्टोर भएको इनर्जी प्रयोग हुन पाउँदैन’ उनी भन्छन्–‘जसरी फ्रिजमा राखेको खानेकुरा धेरै दिनसम्म नखाएपछि विग्रिन्छ। त्यसैगरी हाम्रो शरिरमा भएको इनर्जी पनि प्रयोग नभएका कारण विभिन्न प्रकारका रोगहरु लाग्छन्।’
व्रत वस्दा वाहिरवाट इनर्जी नगएपछि स्टोरमा भएको इनर्जी प्रयोग हुने र पुनः स्टोरका लागि ठाउँ खाली हुने उनले वताए । ‘व्रत वस्नु भनेको प्राकृतिक चिकित्साको महत्वपुर्ण उपचार विधि पनि हो । यस विधिमा पञ्चमहाभुत तत्वको प्रयोग गरिन्छ । जसमा माटो, पानी, हावा, घाम र आकाश तत्व पर्छन’ उनले भने–‘व्रतले आकाश (खाली) तत्वको प्रतिनिधित्व गर्छ ।’
उनका अनुसार हरेक धर्ममा परम्परादेखी नै व्रत वस्ने प्रचलन छ । सवै धर्ममा यसको महत्व थियो, मानिसले जिवनमा यसलाई उपयोग गरिरहेका थिए । पछि यसलाई धार्मीक र रुढिवादी परम्परा भनेर मानिसले छोडे, त्यसले जीवन शैलीमा असर गर्यो । अहिले फेरी यसको महत्व वढेको र अधिकांश रोगको उपचार तथा रोग लाग्नवाट वच्न व्रत वस्ने परम्पराको सुरुवात भएको छ ।
क्यान्सर, जटिल किसिमका नसाका रोगहरु, ब्लड प्रेसर, डाइभिडिज, ग्याट्रिक, पायल्ससहित अधिकांश रोगको उपचारमा फास्टिङ्गले वढि प्रभाव पार्ने गरेको उनको भनाई छ । ‘व्रत वस्दा धेरै रोगको उपचारमा सहयोग पुग्छ भन्ने रिसर्चहरुले पुष्टि गरेको छ’ उनी भन्छन्–‘तर, व्रत वस्ने तरिका र त्यसँगै उपचारका प्रकृया पनि सँगै अघि वढाईन्छ ।’
पेटका कारण मानिसको इम्युनिटि सिस्टम विग्रिनी र व्रत वस्दा पेटको स्वास्थ्य सुधार गर्न सहयोग तथा इम्युनिटि सिस्टममा सुधार गर्न मद्दत पुग्ने अध्ययनहरुवाट पत्ता लागेको वस्नेत वताउँछन् ।
‘सन २०१६ पछिका विभिन्न अध्ययनले ‘पेटको स्वस्थ्य राख्नु र व्रत वस्नु’ सवै रोगहरुका लागि उपयुक्त छ भन्ने पुष्टि भएका छन्’ उनले थपे–‘तर, व्रत वस्ने विभिन्न तरिका छन्। त्यो मध्येमा हामीले प्रयोग गर्ने भनेको थेरापेटिक फास्टिङ्ग हो।’
रोगको उपचार तथा रोगवाट वच्नका लागि निस्चित उदेश्य राखेर, निश्चित खाना खाएर, निश्चित दिनसम्म व्रत वस्ने विधिलाई थेरापेटिक फास्टिङ्ग भनिन्छ। यसमा पनि सर्ट, मेडियम, लङ्ग, इन्टरमिटेन्ट फास्टिङ्ग गरी विभिन्न प्रकारका व्रत वस्ने तरिकाहरु रहेको उनले जानकारी दिए।
यसमध्येमा इन्टरमिटेन्ट फास्टिङ्ग अहिले वढि प्रयोगमा आएको विधि हो। यसमा ८ घण्टा खाने र १६ घण्टा शरिरलाई पुरै खाली राख्ने गरिन्छ । ‘यो विधि घरमा आफै पनि गर्न सकिन्छ र यसले धेरै फाईदा गर्छ । तर, व्रत वस्नु भन्दा पनि पहिला प्राकृतिक चिकित्सकसँग सम्पर्क गरेर आफनो स्वास्थ्य अनुसार गर्नु चै सुरक्षित र वढि लाभदायी हुन्छ’–उनले भने।
तर, पोषण नपुगेको मानिस, १५ वर्षमुनिका वालवच्चा, गर्भवती महिला, धेरै कमजोर र वृद्धवृद्धालाई व्रत वसाउन नहुने उनले वताए ।
सावधानी
सामान्यतया १/२ दिनको व्रत वस्दा धेरै ठुलो सर्तकताको जरुरी छैन। तर, व्रत वस्दा एक दिन अघि देखि नै खानेकुरामा ध्यान पुर्याउनु पर्छ । हल्का र झोलीलो खानेकुराहरु खाएर व्रत प्रारम्भ गर्ने र व्रत तोडदा पनि जुस, पानी, हल्का प्रकारको खाने कुराहरु खाएर गर्नु राम्रो हुन्छ। ‘व्रत वस्नु भन्दा अघि पनि टन्न खाने, अनि व्रत सकिएपछि पनि एकै पटक टन्नै खायो भने त्यसले पनि स्वास्थ्यमा असर गर्छ’ उनले भने–‘हल्का खानावाट–खालीपेट र खालीपेटवाट– हल्का खाना खानु राम्रो मानिन्छ।’
लङ्ग फास्टिङ्ग (दुई दिनभन्दा वढि) चाहि चिकित्सकको सल्लाह विना गर्नु नहुने उनको भनाई छ ।
व्रत वस्दा ग्याँस्ट्रिक हुँदैन
सामान्यतया खाली पेट वसेपछि ग्यास्ट्रिक वढ्छ भन्ने मान्यता छ। त्यसैले व्रत वस्न डराउनेहरु पनि छन् । तर, चिकित्सक वस्नेत भने व्रत वस्दा ग्याष्ट्रिक नहुँने वताउँछन। ‘कहिले धेरै खाने र कहिले खाँदै नखाने गर्यो भने चै ग्यासट्रिक हुन्छ’ उनले भने–‘व्रत वसेकै कारण ग्याष्ट्रिक हुन्छ भन्ने कुरा चै गलत हो ।’
प्राकृतिक चिकित्सामा खानालाई बिस्तारै घटाएर जुस वा पानिमा जाने र बिस्तारै खानालाई बढाएर सामान्य खानामा आउने प्रकृया हुन्छ जुन ग्यासट्रिकबाट बच्न र यसलाई ठिक गर्न समेत उपयोगि हुने उनको भनाई छ । ‘ग्यासट्रिकको उपचार गर्दा पनि फास्टिङ्गलाई पनि प्रयोगमा ल्याईन्छ’ उनी भन्छन्–‘तर, ग्यास्ट्रिक पहिला देखि नै भएको ब्यक्तिले भने व्रत वसेर ठिक पार्छु भनेर आफै सुरु गर्नु हुदैन। चिकित्सकको निगरानीमा गर्नु पर्छ ।’
प्राकृतिक चिकिस्साका विषयमा वेलनेस अस्पतालका संस्थापक डा. जनकवहादुर वस्नेतसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।