समाचार राजनीति

नेकपाको सचिवालय वैठक सकियो, वैठकको औचित्यमै ओलीको प्रश्न

नेकपाको सचिवालय वैठक सकियो, वैठकको औचित्यमै ओलीको प्रश्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय आजको बैठक सकिएको छ । बैठक बुधबार १ वजे फेरी बस्नेछ ।

दिउँसो १ बजेदेखि सुरु भएको बैठक करिव ३ घण्टा चलेको थियो । बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् । नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला जारी छ ।  गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र बुझाएका थिए । 

ओलीले बैठक नडाकी कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गतेको वैठकमा अर्को पत्र बुझाएका थिए । त्यसको जवाफमा मंसिर १३ गते सचिवालय बैठकमा ओलीले अर्को ३८ पृष्ठको दस्तावेज पेश गरेका छन् । 

वैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नै नराख्न प्रस्ताव गरेपछि चर्काचर्की परेको थियो । उनले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको एक नेताले जानकारी दिए ।

तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए ।

दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको ति नेताले वताए ।