समाचार अपराध सुरक्षा

७० वर्षिया वृद्धाको बलात्कारपछि हत्या

७० वर्षिया वृद्धाको बलात्कारपछि हत्या

झापाको अर्जुनधारा गाउँपालिका–११ की ७० वर्षिया महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–४ रंगेडाँडाका ३५ वर्षीय विशाल बिर्जालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत नेपाली सेनाको ब्यारेकअगाडि महिलाको शव भेटिएको भन्दै विर्जाले नै चारआली प्रहरी चौकीमा खबर गरेका थिए ।

विर्जाको शंकास्पद ब्यवहारपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बुधबार राति आफूले नै बलात्कारपछि मुख थुनेर वृद्धाको हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

मानसिक स्वास्थ्यमा समस्या रहेकी ति महिला आइतबारदेखि नै बेपत्ता थिइन् । बिर्जा भने सडकमा मागेर गुजारा चलाउँदै आएका व्यक्ति रहेको इन्स्पेक्टर विकास राईले जानकारी दिए ।