समाचार अपराध सुरक्षा

लागु औषध र स्रोत नखुलेको रकमसहित दुई युवक पक्राउ

लागु औषध र स्रोत नखुलेको रकमसहित दुई युवक पक्राउ

सप्तरीमा प्रहरीले लागु औषध र स्रोत नखुलेको एक लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका २ का ३५ वर्षिय व्रिटिस थापा मगर र वडा नं. १ का ३० वर्षिय भुमिराज थापालाई हनुमाननगर कंकालिनी नगरपालिका– १४ को रामपुरमल्हनियास्थित बेरियाघाट पक्राउ गरिएको हो ।

थापा मगरले चलाएको स ८ प ९०९५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पछाडि सवार भुमिराजको साथवाट लागु औषध र श्रोत नखुलेको रकम वरामद भएपछि नियन्त्रणमा लिईएको प्रहरी चौकी रामपुरमल्हनियाका असई रामनजी यादवले वताए ।

उनीहरुको साथवाट डाईजिल्याब, फेनारगन, लुपिजेसिकलगायतका लागु औषध तथा करिव १ लाख रुपैयाँ वरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।