समाचार अपराध सुरक्षा

वलात्कारको घट्ना पञ्चायती गरेर मिलाउने वडाध्यक्षसहित ४ पक्राउ

वलात्कारको घट्ना पञ्चायती गरेर मिलाउने वडाध्यक्षसहित ४ पक्राउ

१८ वर्षिया किशोरी वलात्कारको घटना गाउँमै मिलाएको आरोपमा वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिगास गाउँपालिका–३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार पक्राउ गरेको डिएसपी नारायण प्रसाद अधिकारीले बताए । यसअघि बिहीबार सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोहि ठाउँका मनोज सिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो ।

बलात्कारको घटनाका मुख्य आरोपी दिपक सिंह धामी फरार छन । उनी भारतीय क्षेत्रमा लुकेर वसेको प्रहरीको आशंका छ। यसअघि पक्राउ गरिएको दुई जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ । 

किशोरीमाथि गत जेठमा बलात्कार भएको थियो । असार १४ गते गाउँमै १ तोला सुन किशोरीलाई दिने भन्दै तमसुक बनाएर गाउँमै मिलापत्र गरिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि घट्ना सार्वजनिक भएको हो ।