समाचार राजनीति

बिनालाई मन्त्रीबाट हटाउने प्रधानमन्त्रीको तयारी, नहटाउन चिनियाँ दबाब

बिनालाई मन्त्रीबाट हटाउने प्रधानमन्त्रीको तयारी, नहटाउन चिनियाँ दबाब

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्पकमल दाहाल प्रचण्डकी वुहारी विना मगरलाई खानेपानी मन्त्रीवाट हटाउने तयारी गरेका छन् ।

प्रचण्डसँग सम्वन्ध विग्रिएपछि उनलाई जवाफ दिन ओलीले विनालाई हटाउने तयारी गरेको श्रोतको दावी छ।

ओलीले ‘पर्ख र हेर’को नीति अख्तियार गरेर विनालाई मन्त्रीमा निरन्तरता दिएका थिए । कर्णाली प्रदेशमा आफु पक्षका मन्त्री हटाए संघीय सरकारवाट विनालाई हटाउने ओलीको तयारी थियो ।

विनालाई मन्त्रीवाट हटाएर ओलीले ‘एक तिर, दो शिकार’ गर्न खोजेको उनी निकट श्रोतले जनाएको छ । श्रोतका अनुसार–‘यसो गर्दा प्रचण्डलाई दह्रो जवाफ पनि हुने र राजनितिमा देखिएको परिवारबादबाट आजित भएकाहरुको समर्थन पनि पाईने ओली रणनीति हुनसक्छ।’

कर्णालीमा नेकपा प्रदेश संसदीय दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव अघि बढाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई पदच्यूत गरेर सचेतकलाई उनको कार्यभार दिएका थिए ।

यता, कर्णाली प्रदेशकै विवादका कारण नेकपाका अध्यक्ष केपी ओली र पुस्पकमल दाहाल प्रचण्डका विचमा सम्वन्ध विग्रिएको छ। दुई जनाको विग्रिएको सम्वन्धकै कारण पार्टीनै धरापमा परहेको जनकाहरु वताउँछन् ।

अर्कोतर्फ चिनियाँ दुतावासले विनालाई नहटाउन लविङ्ग सुरु गरेको छ। विनालाई मन्त्रीवाट हटाए दुई अध्यक्षका विचमा अझै दुरी वढ्ने र पार्टी थप संकटमा पर्ने दुतावासको आँकलन छ। सोहि आँकलन अनुसार विनालाई मन्त्रीमा यथावत राख्न चिनियाँ खुफियाहरु सकृय भएको श्रोत वताउँछ।