समाचार

कोरोनाको भ्याक्सिन ल्याउन सरकारले ध्यान दिएको छः मन्त्री ढकाल

कोरोनाको भ्याक्सिन ल्याउन सरकारले ध्यान दिएको छः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा कोरोनाका नयाँ संक्रमित थपिने अनुमान गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यस्तो वताएका हुन् । 

मन्त्री ढकालले सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए। 

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको पनि उनले वताए ।

विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको उनको भनाई छ ।