समाचार

छठ पुजाको घाटवाट पेस्तोलसहित एक युवक पक्राउ

छठ पुजाको घाटवाट पेस्तोलसहित एक युवक पक्राउ

सिरहामा प्रहरीले कटुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ ।

औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट स्थानीय २२ वर्षीय रबिन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

छठ मनाउन पोखरीमा गएका वेला उनले आफ्नै छिमेकी ४२ वर्षीय विनोदकुमार यादवसँग वादविवाद हुन पेस्तोल निकालेर ताकेका थिए।  उनीहरूबीच व्यक्तिगत दुश्मनी देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्माले वताए ।

रविनले बन्दुक ताकेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पोखरीबाटै नियन्त्रणमा लिएको छ। 

उनको साथवाट लोड भएको १ र अन्य २ गरी तीन थान गोली समेत वरामद भएको प्रहरीले जनाएको छ ।