समाचार अपराध सुरक्षा

रक्सिसँग १३ वर्षिया नातिनीको सौदा, हजुरवासहित २ पक्राउ

रक्सिसँग १३ वर्षिया नातिनीको सौदा, हजुरवासहित २ पक्राउ

हजुरवालाई रक्सि किन्ने पैसा दिएर १३ वर्षिया वालिकालाई पटक–पटक वलात्कार गरेको आरोपमा मोरङ्ग प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरंगको बेलबारी–३ का २६ वर्षीय सुमन तामाङ र मदिरा किन्नलाई चाहिने रकमका लागि ती बालिकालाई तामाङको जिम्मा लगाउने मामली हजुरवुवालाई प्रहरीले पक्राउ गरेको हो । 

हजुरबुबाआमाको संरक्षणमा बस्दै आएकी बालिकालाई मनोपरामर्श एवं देखभालका लागि ती एक गैर सरकारी संस्थाको जिम्मा लगाइएको छ ।


विगत तीन महिनाभित्र ति वालिकालाई दुई पटक वलात्कार गरिएको प्रहरीले जनाएको छ । पीडित वालिकाकी  माईजुले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा अपराधको जालो खुलेको मोरङ्गका एसपी सन्तोष खडकाले वताए । 

काठमाडौ रहेकी आमाले छोरीलाई हजुरबुबाआमाको रेखदेखमा छोडेकी थिईन । हजुरवुवाको कमजोर आर्थिक अवस्था र रक्सि खाने लतका कारण वालिका वलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । रक्सी खानलाई रकम लिएका हजुरबुबाले तामाङ्गलाई नातिनी जिम्मा लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार तामाङ्ग वालिकाका गाउँले हुन।

तामाङ्गलाई तीन दिन अघि पुरानो बेलबारी बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस अघि साउनको पहिलो साता नातामा फूपाजु पर्ने प्रदीप राईले पनि घरमै बोलाएर ति बालिकालाई वलात्कार गरेको खुलेको एसपी खड्काले वताए ।

उक्त घटनामा पक्राउ परेका राई पूर्पक्षकालागि थुनामा छन् ।