समाचार विदेश

ट्रम्पलाई पछिल्लो २४ घन्टामा कोरोनाको लक्षण देखिएन

ट्रम्पलाई पछिल्लो २४ घन्टामा कोरोनाको लक्षण देखिएन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोरोना भाईरसको लक्षण देखिएको छैन।

राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ।

ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको पनि उनले जानकारी दिए। शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार घर फर्किएका थिए।

अक्सिजन र स्वासप्रश्वास दर लगायत सबै परीक्षण र महत्वपुर्ण सूचक स्थिर तथा सामान्य रहेको जनाईएको छ ।

ट्रम्पले भनेका छन्, “म सबै नागरिकलाई उस्तै उपचार दिइनुपर्छ भन्ने चाहन्छु जुन तपाईँको राष्ट्रपतिको रूपमा मैले पाएँ। किन कि मैले आराम महसुस गरिरहेको छु।“

उनले सबै सङ्क्रमितको निम्ति निशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।