समाचार विदेश

नेकपा सदस्यलाई अमेरिका प्रवेशमा रोक लागेकै हो?

नेकपा सदस्यलाई अमेरिका प्रवेशमा रोक लागेकै हो?

अमेरिकाले विश्वका कुनै पनि कम्युनिष्ट पार्टीको सदस्यलाई आफ्नो मुलुकमा प्रवेश नदिने भन्दै दुई दिन अघि आएका समाचारका विषयमा काठमाण्डौं स्थित अमेरिकी दुतावासले आफनो धराणा सार्वजनिक गरेको छ।

राजदूतावासले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट वा निरंकुश पार्टीको सदस्यलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नियम नयाँ नभएर दशकौँ पुरानो भएको प्रस्ट्याएको छ ।

अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवासको अनुमति नदिने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आफनो देशको भिसा कानुनमा कुनै परिवर्तन नगरेको दुतावासले प्रष्ट पारेको छ ।
 
कम्युनिष्ट पार्टी वा संयुक्त राज्य अमेरिकामा बसाइँ सर्ने निरंकुश शासन प्रणालीका सदस्यहरूको बारेमा वनेको दशकौ पुरानो अमेरिकी कानुनमा कुनै हेरफेर नभएको दुतावसको भनाई छ ।
 
अमेरीकाले प्रत्येक भिसा व्यक्तिगत आधारमा दिने भएकाले नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई स्वतः अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने गरी कुनै कानुन नवनेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी नागरिक तथा आप्रवासन सेवा (युएससिआइएस) ले हालसालै जारी गरेको प्रशासनिक मार्गदर्शनलाई लिएर प्रकाशित समाचारले भ्रम सिर्जना गरेको जनाईएको छ । सन् १९५२ मा कम्युनिस्ट वा कुनै अन्य निरंकुश पार्टीसँगको सदस्यताको आधारमा संयुक्त राज्य अमेरिका बसाइसराइ गर्न प्रतिबन्ध लगाउने गरी अमेरिकी कंग्रेसले राष्ट्रिय ऐन पारित गरेको दुतावासले जनाएको छ। 

नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दै नेपालको निर्वाचित सरकार र जनतासँग द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र लोकतन्त्रलाई सुदृढ पार्न ७३ वर्षदेखि गर्दै आएको कामलाई निरन्तरता दिने दुतावासले जनाएको छ ।