समाचार अपराध सुरक्षा

वोक्सीको आरोपमा छिमेकी महिलामाथि कुटपिट

वोक्सीको आरोपमा छिमेकी महिलामाथि कुटपिट

आफ्नी श्रीमतीमाथि टुनामुना गरेको भन्दै छिमेकी महिलालाई कुटपिट गर्ने धनुषाको सवैला नगरपालिका १ का २० वर्षिय रञ्जित साहलाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिला २५ वर्षीया विमलादेवी साहको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रञ्जितले बोक्सीको आरोप लगाएर वुधवार महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको टाउको, निधारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

अनाहकमा निर्घात कुटिनु परेपछि विमलाले रञ्जित र ५५ वर्षीया रासोदेवी साहविरुद्ध विहिवार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी थिईन ।

जिल्ला प्रहरी कार्यालयले विमलाको उजुरी इलाका प्रहरी कार्यालय सवैलामा पठाएर कारबाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ। सोहि क्रममा रन्जित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

पीडित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

यसैगरी, धनुषाको औरही गाउँपालिका १ झिटकहियाकी जिवछीदेवीलाई समेत कार्तिक ९ गते बोक्सीको आरोपमा कुटपिट गरिएको छ ।

सो घटनामा स्थानीय ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमलादेवी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ ।