समाचार अपराध सुरक्षा

बारामा प्रहरी र तस्कर विच झडप, १४ वर्षिय बालकको टाउकोमा गोली

बारामा प्रहरी र तस्कर विच झडप, १४ वर्षिय बालकको टाउकोमा गोली

बारामा तस्कर र प्रहरी विच झडप भएको छ । भारतवाट तस्करी गरेर ल्याएको सामान नियन्त्रण गर्ने क्रममा सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा झडप भएको हो ।

झडपमा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । प्रहरीको गोली लागेर घाईते भएका स्थानीय १४ वर्षीय रन्जन यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा प्रहरीको गोली लागेका बालकको अवस्था गम्भीर छ ।

प्रहरीका सई विरेन्द्र गिरीसहित तीनै जनाको कलैयामा उपचार भइरहेको जनाईएको छ । वाराका एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि हवाई फायर गरेको र एक बालक घाइते भएको वताए ।

भारतबाट मोटरसाइकलमा प्याज वोकेर आएका तस्करलाई नियन्त्रण गरेपछि स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरेको उनले वताए । प्रहरीले नियन्त्रणमा लिएको प्याज समेत उनीहरुले नै लिएर गएको पंगेनीले बताए । स्थितीलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा त्यस्को चोरी तस्करी हुने गरेको छ । 

यो पनि

सप्तरीमा तस्कर र प्रहरीविच दोहोरो झडप, दुई प्रहरी घाईते