समाचार अपराध सुरक्षा

जिल्ला अध्यक्षले नै गरे त नेकपा कार्यकर्ता चौरसियाको हत्या ?

जिल्ला अध्यक्षले नै गरे त नेकपा कार्यकर्ता चौरसियाको हत्या ?

पर्सामा भएको नेकपा कार्यकर्ताको हत्या घट्नामा तीन जना मुख्य अभियुक्त संलग्न रहेको प्रहरीले निस्कर्ष निकालेको छ । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न तीनै जना फरार छन् ।

उनीहरु विन्दवासिनी गाउँपालिका –४ का अखिलेश चौरसिया, शंकर पुकार तिवारी र रञ्जन तिवारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले विन्दवासिनी–३ का हमिस मियाँ र देवा सहनी पक्राउ परेका छन्। उनीहरूको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

चौरसीया हत्या घटनामा जम्मा १२ जनाविरूद्ध जाहेरी छ। पार्टीका जिल्ला अध्यक्ष राजकुमार गुप्ताविरूद्ध पनि पीडितले जाहेरी दिएको तर उनी घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ। 

कात्तिक ६ गते विन्दवासिनी गाउँपालिकाको कमिटी गठनपछि भएको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

घटनामा संलग्न नभएका व्यक्तिको पनि नाम आएपछि अहिलेसम्म जाहेरी भने दर्ता भएको छैन । 

घटनामा संलग्न नभएका व्यक्तिहरूको पनि नाम उजुरीमा आएकाले सरकारी वकिलसँग राय माग गरिएको र राय आएपछि थप कदम चालिने डिएसपी मनोजित कुँवरले वताए ।