समाचार

दशैंको मुखमा अरिङ्गालले टोकेर दुई बालिकको मृत्यु

दशैंको मुखमा अरिङ्गालले टोकेर दुई बालिकको मृत्यु

दशैंको रमाईलो चलिरहेका वेला डोटिमा अरिङ्गालले टोकेर दुई बालिकको मृत्यु भएको छ । उनीहरु एकै परिवारका हुन्।

सायल गाउँपालिका–१ छपालीका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिक रहेको रुखमा बसेको अरिङगालले टोकेर दुवै वालिका गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासीलाई उधृत गर्दै प्रहरीले जानकारी दिएको छ ।