समाचार

नेकपाको केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित

नेकपाको केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित

कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । वैठक मंसिर १५ देखि १७ गतेसम्मका लागि आयोजना गरिएको छ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।