समाचार

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्टमा साईवर हमला

राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्टमा साईवर हमला

राष्ट्रपति कार्यालयले सञ्चालनमा ल्याएको ट्विटर अकाउन्टमा साईवर हमला भएपछि बन्द भएको छ। राष्ट्रपति भण्डारीसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न कार्यालयले शितल निवास @ShitalNiwas नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याएको थियो। 

तर उक्त एकाउण्ट डिएक्टिभेट भएको छ। अकाउन्टमाथि दुई÷तीन पटक साइबर हमला भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको आशंका गरिएको राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले वताए । सोहि आशंकाले अकाउन्ट बन्द गरिएको र छिट्टै फायरवाल सेक्युरिटी सिस्टमको व्यवस्थापन गरेर नयाँ अकाउन्ट सञ्चालनमा ल्याउने तयारी भईरहेको ढकालको भनाई छ ।

राष्ट्रपतिको भने छुट्टै ट्विटर ह्याण्डल @presidentofnp सञ्चालनमा छ। त्यसलाई पनि भेरिफाइ गराउने प्रक्रिया अगाडि बढाएको ढकालले बताए।

ट्विटरले नै हेड अफ स्टेटका लागि छुट्टै सुरक्षा प्रदान गर्ने ब्यवस्था भएकाले त्यो व्यवस्थापनको काम भईरहेको उनले जानकारी दिएका छन् ।