समाचार

केपी ओलीलाई राजद्रोहको आरोप लाग्छः विश्लेषक सुरेन्द्र केसी [भिडियो अन्तरवार्ता]

केपी ओलीलाई राजद्रोहको आरोप लाग्छः विश्लेषक सुरेन्द्र केसी  [भिडियो अन्तरवार्ता]

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई राजद्रोहको आरोप लाग्न सक्ने खुलासा गरेका छन् । कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँगको भेटवार्ता र त्यसपछि देशवासीका नाममा जारी गरेको शुभकामना सन्देशमा प्रयोग भएको नेपालको नक्साका विषयमा केन्द्रित भएर केसीले यस्तो वताएका हुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा पुरानो नक्सा राखिएपछि सामाजिक संजालमा तिव्र असन्तुष्टि वढेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुचे नक्सा खोइ ? भन्दै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न गरेको विषयमा केसीले भने–‘यदि यो कुरा सत्यो हो भने ओलीलाई राजद्रोहको आरोप लाग्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सानो भएर त्यस्तो देखिएको हो, चुचो छ भनेको भन्दै केसीले भने –‘यदि त्यस्तो छैन भने त्यसको जिम्मा प्रेस सल्लाहकारले लिनुपर्छ । प्रधानमन्त्री ओलीलाई राजद्रोहको मुद्दा लाग्छ । कुरा सिम्पल छ।’

आफैले हल्ला मच्चाएर ल्याएको नक्सा विपरित गतिविधिमा प्रधानमन्त्रीनै सरिक हुनु राष्ट्रियता विपरित भएको उनको ठम्याई छ । ‘आफैं यत्रो होहल्ला गरेर चुचो नक्सा ल्याउने, संविधान संशोधन गरेर निशाना छापामा पनि चुचो नक्सा वनाउने अनि आफै संविधान विपरित नक्सा प्रयोग गर्ने हो भने राजद्रोह भएन त्यो ?’– उनले प्रश्न गरे।

प्रधानमन्त्रीले राष्ट्रियता भनेकै नवुझेको उनको दावी छ । ‘केपी ओलीले राष्ट्रियता भन्ने वुझनुहुन्छ भन्ने नै लाग्दैन मलाई । राष्ट्रियता वुझने प्रचण्ड मात्र हो, जसले सधैं राष्ट्रियताको धज्जि उडाउनु भयो’ केसीले थपे–‘अरुले त राष्ट्रियता वुझेकै छैन–नेपालमा।’

प्रधानमन्त्री लगायतका अन्य मन्त्री, राजनीतितक दल र तीनका नेताले राष्ट्रियता अनुसारको आचारण गर्न नसकेको विषयमा ‘पहिला वुझ्न् पर्यो नी राष्ट्रियता भनेको के हो ?’ भन्दै उनले टिप्पणी गरे। 

राष्ट्रियता भनेको जनता र जनताले अपनत्व ग्रहण गरेको देश प्रेम भएको वताएका उनले अहिलेको राष्ट्रियता ‘खोक्रो राष्ट्रियता’ भएको जिकिर गरे । ‘जनताले त्यो वेला मात्रै देशप्रति अपनत्व ग्रहण गर्छ, जव त्यो जनतालाई राष्ट्रले अभिभावकत्व दिन्छ’ केसी भन्छन्–‘आज जनता एक छाक खानका लागि कोरोनालाई वेवास्ता गरेर भारत जान वाध्य छन्। ६३ लाख युवायुवतीहरु विश्वभरीका श्रम वजारमा कठोर श्रम गर्छन । उनीहरुको इज्जतमाथि हमला हुन्छ, ज्यान गुमाउनु पर्छ। तिनीहरुलाई देशले केहि भरथेग गरेको जस्तो लाग्दैन। यो खोक्रो राष्ट्रियता हो।’

सवै नेपालीले एक छाक खान र एक सरो लाउन पाउने वातावरण वन्नु चै वास्तविक राष्ट्रियता भएको उनको भनाई छ । ‘देशमा उनीहरुको भाग्य/भाविष्यको ग्यारेण्टि गर्दिनु पर्छ । अनि मात्रै राष्ट्रियता उत्पन्न हुन्छ। त्यहा हाम्रो नेपाली नेतृत्वको सोच पुगेको छ भनेर मलाई लाग्दैन’ उनले भने–‘वास्तविक राष्ट्रियता प्रादुर्भाव नै भएको छैन नेपालमा।’

भारतले लगाएको नाकावन्दिका समयमा केपी ओलीले लगाएको राष्ट्रवादको नारामा नेपाली जनता झुक्किएको उनको वुझाई छ । ‘भारतको नाकावन्दिका विषयमा ओलीले दिएको अभिब्यक्तिलाई नेपाली जनताले पत्याए पनि र छक्किए पनि’ उनी भन्छन्–‘त्यो चै नक्कली राष्ट्रवाद रछ र दुई तिहाई प्राप्त गर्ने प्रपन्च रछ भन्ने कुरा अव सिद्ध भईसक्यो। फेरी एकचोटी चुनावमा जाउन, फेरी यहि मत लिएर आउन। अनि त्यसपछि यो विषयमा कुरा गरौं।’


राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग मुलुकको राजनीतिक अवस्था, शान्ति सुरक्षा, ‘रअ’ को सकृयता, नेकपामा देखिएको किचलो लगायतका विषयमा नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।