समाचार

नेकपाको गाउँपालिका स्तरीय सपथ ग्रहणमा झडप, ८ घाईते

नेकपाको गाउँपालिका स्तरीय सपथ ग्रहणमा झडप, ८ घाईते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय कमितिको सपथग्रहण कार्यक्रममा झडप भएको छ ।

पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा भएको दुई पक्षबीच झड्पमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

विन्दवासनी गाउँपालिका–५ परसौनी भाठामा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहणमा असन्तुष्ट पक्षले आफनो पक्षलाई सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । उनीहरुको विरोधपछि सुरु भएको विवादमा लाठी हानाहान भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

झडपमा घाईते भएका मध्ये टाउको फुटेका परसौनीभाठा निवासी मुकेश चौरिसयाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले वताए ।
झडपछि पनि शपथ ग्रहण भने सम्पन्न भएको छ ।