समाचार

मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना

मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई विहिवार कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले उनलाई संक्रमण भएको पुष्टि गरे ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा उनको स्वाव परिक्षण गरिएको थियो ।

७३ वर्षिय पौडेललाई काठमाडौंबाट हेटौंडा फर्किएपछि रुघाखोकी लागेको थियो । शंका लागेपछि उनले बुधबार स्वाब परीक्षण गर्न दिएको दाहालले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा वेसका छन्।