समाचार

२४ घण्टामा थप ३ हजार ६३७ जनालाई कोरोना, निको हुने १ लाख नाघे

२४ घण्टामा थप ३ हजार ६३७ जनालाई कोरोना, निको हुने १ लाख नाघे

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ कोरोना संक्रमित देखिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित देखिएका हुन् । 

योसहित संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

निको हुने १ लाख नाघे
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ ।