समाचार

सर्वत्र आलोचनापछि प्रधानमन्त्री र मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

सर्वत्र आलोचनापछि प्रधानमन्त्री र मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्।

कोरोना महामारीका समयमा सर्वसाधारणको उपचार पनि गर्न नसक्ने सरकारका मन्त्री र सांसदले दशैं भत्ता लिएको भन्दै सर्वत्र आलोचना भएपछि यो निर्णय आएको हो।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए। स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि उनले जानकारी दिए । 

यसअघि नेकपाका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। तर, उनीहरु लिएको रकम फिर्ता गर्ने नभई अर्को महिनाको तलववाट रकम जम्मा गर्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सवै सांसदले दशैं भत्ता फिर्ता गरेका छन्।