समाचार

प्रचण्डकी नातिनीलाई जोवन विसाउन मन लागेपछि...

प्रचण्डकी नातिनीलाई जोवन विसाउन मन लागेपछि...

नेकपा अध्यक्ष प्रचण्डकी नातिनी एवं गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्मिताकै स्वर छ ।

नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ ।

भिडियोको सम्पादन बनिश शाहले गरेका छन्। सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठुलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथामा आधारित छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस। 
">