समाचार

२४ घण्टामा थप ३,१६७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२४ घण्टामा थप ३,१६७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जनालाई संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् । 

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यसैगरी २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ छ।